वैशाख २५ मा रास्वपाको महाधिवेशन

हिमाल प्रेस २ असोज २०८१ १९:११ | Wednesday, September 18, 2024
वैशाख २५ मा रास्वपाको महाधिवेशन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने घोषणा गरेको छ।

पार्टीको राष्ट्रिय भेला समापन समारोहमा रास्वपा सभापति रवि लामिछानले २०८२ वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने घोषणा गरेका हुन्।

साथै उनले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमितिमा रुपान्तरण गरिएको घोषणा समेत गरे। त्यस्तै लामिछानेले जनताको कुरा सुन्न ‘महाकाली–मेची जनयात्रा अभियान’को पनि घोषणा गरे।

त्यस्तै आफ्नो राजनीतिक प्रतिवेदन पढेर सुनाउँदै लामिछानेले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरे। उनले प्रदेशसभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई नै विधायकी अधिकार दिन सकिने उन्नत विकल्पबारे छलफल सुरु गरिने बताएका छन्।

सातवटा प्रदेश कायम राख्दै स्थानीय पालिकाहरूको संख्या भने ५०० भन्दा मुनि झारिने उनको प्रस्ताव छ। लामिछानेले रास्वपाका नेताहरूमाथि झुटा मुद्दा आरोप लगाउने काम भएको र सबै दल मिलेर एक्लाउने काम भएको समेत बताए।

प्रकाशित: २ असोज २०८१ १९:११ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast