केजरीवालले दिए राजीनामा, आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री

हिमाल प्रेस १ असोज २०८१ १८:३४ | Tuesday, September 17, 2024
केजरीवालले दिए राजीनामा, आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री

भारत (रासस/एएफपी)- नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिएका छन्। केजरीवालले लेफ्टिनेन्ट गभर्नर विनयकुमार सक्सेनालाई राजीनामा बुझाएका छन्।

केजरीवालको राजीनामापछि दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी बन्ने भएकी छन्। आम आदमी पार्टीका नेता गोपाल राईले सो जानकारी दिएका हुन्।

उनले भने, ‘जेलबाट आएपछि अरविन्द केजरीवालले दिल्लीका जनताले फेरि साथ दिएर विजयी नगरेसम्म मुख्यमन्त्री पदमा नबस्ने घोषणा गरेका थिए।’ दिल्लीमा सरकार चलाउन आम आदमी पार्टी विधायक दलको बिहानको बैठकमा आतिशीलाई सर्वसम्मतिले छनोट गरिएको थियो।

जमानतमा छुटे केजरीवाल, भने : मेरो हिम्मत सय गुणा बढेको छ

प्रकाशित: १ असोज २०८१ १८:३४ | Tuesday, September 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast