 रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक। फाइल तस्बिर
                             रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक। फाइल तस्बिर
                                            काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बैठक बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधि बारे छलफल हुने बताइएको छ। साथै राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीबाट अपडेट लिने, राष्ट्रिय भेलाको प्रस्तावित कार्य तालिकामा छलफल हुने र राष्ट्रिय भेलाको हालसम्मको तयारीका बारे पनि छलफल हुने झाले बताए।
बैठकमा विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र त्यसउपर आवश्यक छलफल गर्ने पनि पार्टीको तयारी छ।
                            प्रकाशित: २९ भदौ  २०८१ ९:०२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 