शरणार्थी बालबालिका शिक्षाको पहुँचबाट वञ्चित

हिमाल प्रेस २५ भदौ २०८१ १३:५९
78
SHARES
शरणार्थी बालबालिका शिक्षाको पहुँचबाट वञ्चित तस्बिर : युएनएचसीआर

जेनेभा, स्विट्जरल्यान्ड- संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) ले विश्वव्यापी शरणार्थी शिक्षा र भर्नामा उल्लेखनीय प्रगति हासिल भएको तर अझै पनि विश्वका १ करोड ४८ लाख विद्यालय जाने उमेर पुगेका शरणार्थी बालबालिकामध्ये लगभग आधा विद्यालय जानबाट वञ्चित भएको जनाएको छ।

यस वर्ष युएनएचसीआरले जारी गरेको शरणार्थी शिक्षा प्रतिवेदन अनुसार ६५ शरणार्थी आयोजक देशहरूको तथ्यांकले लगभग ७२ लाख शरणार्थी बालबालिका असुरक्षा,समावेशी शिक्षा नीतिको अभाव, क्षमता र भाषा अवरोध जस्ता कारणहरूले गर्दा शिक्षाबाट वञ्चित छन्।

प्रतिवेदनले सन् २०२२/२३ को शैक्षिक वर्षका लागि शरणार्थीको औसत कुल भर्ना दर पूर्वप्राथमिक तहका ३७ प्रतिशत, प्राथमिक तहका लागि ६५ प्रतिशत र माध्यमिक तहका लागि ४२ प्रतिशत रहेको देखाएको छ।

शरणार्थी शिक्षामा विभिन्न अवरोधको बाबजुद पनि विगत पाँच वर्षमा आशाजनक प्रगति भएको युएनएचसीआरले पुष्टि गरेको छ। नयाँ प्रतिवेदनले शरणार्थीहरूका लागि शिक्षाको पहुँच केही प्रमुख आयोजक देशमा विस्तार भएको संकेत गरेको छ। यसबाहेक, कममात्रै शरणार्थीहरू राष्ट्रिय परीक्षामा समावेश भएपनि पास दर उच्च र कहिलेकाहीँ राष्ट्रिय औसतभन्दा बढी पनि रहेको पाइएको छ।

युएनएचसीआरले सन् २०३० सम्म शरणार्थीको शिक्षाको अधिकारलाई सम्बोधन गर्न दिगो अन्तर्राष्ट्रिय सहयोग र नवीन साझेदारीलाई निरन्तरता दिन आयोजक राज्य, सरकार, दाता र साझेदारहरूलाई आह्वान गरेको छ। रासस/एएनआई

प्रकाशित: २५ भदौ २०८१ १३:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 4 =