सरकारले पूर्वप्राथमिक तहका शिक्षकलाई विशेष ध्यान दिनुपर्छ : कमला थापा

हिमाल प्रेस १० भदौ २०८१ १६:३६ | Monday, August 26, 2024
सरकारले पूर्वप्राथमिक तहका शिक्षकलाई विशेष ध्यान दिनुपर्छ : कमला थापा

काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटिए) की उपाध्यक्ष कमला थापाले सरकारले पूर्वप्राथमिक तहलाई ध्यान दिनुपर्ने बताएकी छन्। बुधबार एनएनटिएद्वारा आयाेजित पत्रकार सम्मेलनमा उपाध्यक्ष थापाले  शिक्षाकाे जग नै पूर्वप्राथमिक, प्राथमिक भएकाेले त्यसमा ध्यान दिनुपर्ने बताएकी हुन्।

उनले भनिन्,‘ईसीडीमा काम गर्ने, प्राथमिक, पूर्वप्राथमिक तहमा काम गर्ने शिक्षकलाई विशेष ध्यान दिनुपर्छ। त्यो शिक्षाको जग हो। त्यहाँ ९७.१ प्रतिशत महिलाले काम गर्नुहुन्छ।’

५-६ वर्षका बालबालिकालाई राम्रोसँग सिकाउन नसकिए शिक्षाकाे जग राम्रो नहुने भन्दै उनले सरकारकाे ध्यानाकर्षण गराइन्।‍

उनले नेपाल राष्ट्रिय शिक्षक संगठनले तालिम, नेतृत्व विकास, क्षमता विकास र प्रभावकारी शिक्षण सिकाइका लागि प्रशिक्षण दिएकाे पनि बताइन्। ‘शिक्षाकाे जगलाई बलियो पार्न सकियो भने माथिल्ला कक्षा राम्रा हुन्छन्’, उनले भनिन्।

प्रकाशित: १० भदौ २०८१ १६:३६ | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast