रास्वपाको ‘आत्मनिर्भर नेपाल अभियान’ आजदेखि

हिमाल प्रेस ८ भदौ २०८१ १०:१६ | Saturday, August 24, 2024
रास्वपाको ‘आत्मनिर्भर नेपाल अभियान’ आजदेखि रास्वपा केन्द्रीय कार्यालय ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘आत्मनिर्भर नेपाल अभियान’ आजदेखि सुरु हुँदैछ। अभियानको आज दिउँसो १ बजे वनस्थली चस्मतीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच सुरु हुने पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।

पार्टीको केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन विभाग, उद्योग तथा वाणिज्य विभाग, उत्पादन प्रवर्द्धन विभाग, कृषि विभाग र अनुसन्धान तथा अभिलेखीकरण विभागको संयोजनमा पार्टीले ‘अबको राजनीति आर्थिक समृद्धिका लागि’ भन्दै अभियान सुरु गर्न लागेको कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

रास्वपाका अनुसार अभियानका क्रममा नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्दै स्टल प्रदर्शनीसहित विभिन्न विषयमा नीति मन्थन हुनेछन्। अभियानका क्रममा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रका उत्पादनदेखि नेपालमा बनेका सामग्री, जुत्ता, कपडा, हस्तकलाका उत्पादन सम्म प्रदर्शनीमा राखिनेछन्।

प्रदर्शनमा ३० थरी उत्पादन राखिने रास्वपाले जनाएको छ । यस्तै पार्टीले प्रदेश तहमा समेत ‘आत्मनिर्भर नेपाल अभियान’ सञ्चालन गर्ने कार्यतालिका बनाएको छ। नेपाली उत्पादनहरूले बजार नपाएको गुनासोलाई यसले प्रत्यक्ष सम्बोधन गर्ने रास्वपाले जनाएको छ।

यो अभियानको संयोजन केन्द्रीय सदस्य डा प्रभात अधिकारी, सांसद गणेश पराजुली, सांसद मनीष झा, केन्द्रीय सदस्य रामकृष्ण भट्टराई र सांसद अशोक कुमार चौधरीले गरेका छन्।

प्रकाशित: ८ भदौ २०८१ १०:१६ | Saturday, August 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast