मुकुल ढकाललाई रास्वपाले ‘अन्तिम पटक स्पष्टीकरण’ सोध्ने

हिमाल प्रेस ५ भदौ २०८१ १२:५५ | Wednesday, August 21, 2024
मुकुल ढकाललाई रास्वपाले  ‘अन्तिम पटक स्पष्टीकरण’ सोध्ने मुकुल ढकाल । रास्वपा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित पार्टी महामन्त्री डा. मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ।

आज बसेको केन्द्रीय समितिको बैठकले अन्तिम पटक ढकाललाई स्पष्टीकरणको मौका दिने निर्णय भएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए। यसअघि पार्टी विरोधी काम गरेको भन्दै ढकाललाई रास्वपाले महामन्त्री र प्रवक्ताबाट निलम्बन गरेको थियो।

उनलाई सोधेको जबाफ चित्त बुझ्दो नभएसँगै पदबाट हटाइएको थियो। यसअघि नै रास्वपाले ढकालको साधारण सदस्यता खारेज गर्ने तयारी गरेको थियो। तर, सभापति रवि लामिछानेले स्पष्टीकरणको मौका दिएका थिए। अब पनि ढकालले चित्त बुझ्दो जबाफ नफर्काए साधारण सदस्य पनि जाने रास्वपाले जनाएको छ।

प्रकाशित: ५ भदौ २०८१ १२:५५ | Wednesday, August 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast