रास्वपाको केन्द्रीय समिति बैठक : मुकुल ढकाललाई साधारण सदस्यबाटै हटाउने तयारी

हिमाल प्रेस ५ भदौ २०८१ ७:१७ | Wednesday, August 21, 2024
रास्वपाको केन्द्रीय समिति बैठक : मुकुल ढकाललाई साधारण सदस्यबाटै हटाउने तयारी रास्वपा केन्द्रीय कार्यालय ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय मितिमा बिहान ८ बजेबाट सुरु हुने केन्द्रीय समिति बैठकमा १० वटा कार्यसूची तय गरिएको छ।

पार्टी स्रोतका अनुसार अनुशासन आयोगले बुझाएको प्रतिवेदनमाथि केन्द्रीय समितिमा छलफल हुनेछ। केन्द्रीय समिति बैठकले पार्टीका निलम्बित महामन्त्री डा मुकुल ढकाललाई थप कारबाहीको निर्णय पनि गर्ने सम्भावना छ। यसअघि बसेको केन्द्रीय समितिले उनलाई महामन्त्री र केन्द्रीय सदस्यबाट निलम्बन गर्दै साधारण सदस्य मात्रै कायम राखेको थियो।

रास्वपाले यसबीचमा राष्ट्रिय भेला आयोजना गर्दैछ। साउन १० गते बसेको केन्द्रीय समिति बैठकले नै यसबारे निर्णय गरेकाले आज यसबारे कार्ययोजना बन्ने रास्वपाले बताएको छ। साउन १० गते बसेकै केन्द्रीय समिति बैठकले कर्णाली प्रदेशमा विशेष अभियान चलाउने निर्णय गरेको थियो।

प्रकाशित: ५ भदौ २०८१ ७:१७ | Wednesday, August 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast