शेरबहादुर देउवा
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धनका विषयमा शंका गर्नुपर्ने कारण नभएको बताएका छन्। कांग्रेस नेता प्रदीप गिरिको दोस्रो स्मृति दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै देउवाले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोचेरै सहमति गरेको बताएका हुन्।
उनले दुई पार्टीमात्रै होइन अन्यलाई पनि समेटेको बताएका छन्। ‘सहमति लुकेको छैन, देखाएरै गरेको सहमति हो,’ उनले भने, ‘सबै पार्टीहरुलाई साथसाथै लिएर जाने हो।’
प्रकाशित: ४ भदौ २०८१ १९:२४ | Tuesday, August 20, 2024
प्रतिक्रिया



