प्रदीप गिरिकी श्रीमतीले देउवासँग किताब फिर्ता मागेपछि…

हिमाल प्रेस ४ भदौ २०८१ १६:१९ | Tuesday, August 20, 2024
प्रदीप गिरिकी श्रीमतीले देउवासँग किताब फिर्ता मागेपछि…

काठमाडौँ- नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिकी श्रीमती भारती सिलवालले शेरबहादुर देउवाले किताब फिर्ता नगरेको गुनासो गरेकी छन्। आज मंगलबार गिरिको दोस्रो स्मृति दिवसको अवसरमा ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा भारतीले आफूले पढी नसकेको किताब श्रीमान् प्रदीपले देउवालाई दिएको तर त्यो अहिलेसम्म फिर्ता नपाएको बताएकी हुन्। उनले यस्तो बताउँदा देउवासहित कार्यक्रममा सहभागी सबै हाँसे।

‘शेरबहादुरजी लन्डनबाट फर्किनुभएको थियो । उहाँलाई याद छ कि छैन । हामी त्यतिबेला थापाथलीमा बस्थ्यौँ,’ उनले भनिन्,’उहाँ जाने बेलामा मेरो एउटा जयकृष्णमूर्तिको किताब लिएर जानुभयो, मेरो अनुमतिबिना । सायद, त्यसको नाम लास्ट फ्रिडम थियो।’

उनले किताब नदिनू भनेर आग्रह गरे पनि श्रीमान् प्रदीपले लैजान देऊ भनेको स्मरण गरिन्। उनले भनिन्, ‘किताब किन लैजान लागेको दिनुस् त मलाईं । म आध्यात्मिक पढ्दै छु भनेँ । पीजेले छाड्देउ लान देउ भन्नुभयो । मैले उहाँले फर्काउनहुन्न क्या भनेँ । फर्काउँछन्, लैजानदेउ भन्नुभयो ।’

भारतीले देउवा गृहमन्त्री हुँदै पाँचपटक प्रधानमन्त्री भइसके पनि आफ्नो किताब नपर्काएकोमा फेरि गुनासो गरिन्। ‘उहाँ गृहमन्त्री पनि भइसक्नुभयो, पाँचपटक प्रधानमन्त्री पनि भइसक्नुभयो । छैटौँपटक प्रधानमन्त्री हुने सम्भावना छ,’ उनले भनिन्, ‘उहाँले मेरो किताब फर्काउनुभएको छैन । म त्यो किताबको प्रतीक्षामा छु।’

आजको उक्त सम्वाद कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत लगायत नेताहरू सहभागी छन्।

प्रकाशित: ४ भदौ २०८१ १६:१९ | Tuesday, August 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast