पतिपत्नीले नै मापसे गरे, अनि पतिले पत्नीकै हत्या गरे

हिमाल प्रेस ३१ साउन २०८१ ७:५९ | Thursday, August 15, 2024
पतिपत्नीले नै मापसे गरे, अनि पतिले पत्नीकै हत्या गरे

दाङ- दाङमा प्रहरीले श्रीमतीको हत्या गर्ने श्रीमान्‌लाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लमही नगरपालिका १ स्याले बस्ने श्यामकुमार कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए।

उनका अनुसार बुधबार बिहान करिब ७ बजेतिर कुमालको घरदेखि करिब १ किलोमिटर पश्चिममा रहेको हात्तीखालबाट स्याले जाने सडकको बीचमा ४२ वर्षीया ईश्वरी कुमाल मृत अवस्थामा फेला परेको खबर प्रहरीलाई आएको थियो।

खबर पाउनासाथ इलाका प्रहरी कार्यालय अमिलिया दाङबाट प्रहरी टोली गई प्रारम्भिक चरणमा बुझ्दा श्रीमान्‌ले नै घटना घटाएको हुनसक्ने प्रहरीले अनुमान गरेको थियो।

त्यसपछि प्रहरीले श्यामकुमारलाई जलकुण्डस्थित बाटोमा हिँडिरहेको अवस्थामा फेला पारी बिहान करिब ८ बजेतिर नियन्त्रणमा लिई सोधपुछ गर्दा श्रीमान् र श्रीमती दुवैजनाले मादक पदार्थ सेवन गरेको र घर फर्कने क्रममा सामान्य वादविवाद हुँदा लाठी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

यस्तै पक्राउ परेका कुमालमाथि दाङ जिल्ला अदालतबाट ७ दिन म्याद थप भई वडा प्रहरी कार्यालय लमही दाङबाट विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ३१ साउन २०८१ ७:५९ | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast