धादिङको गजुरीमा गुडिरहेको माइक्रोमाथि रुख ढल्यो

हिमाल प्रेस २१ साउन २०८१ ११:३५
28
SHARES
धादिङको गजुरीमा गुडिरहेको माइक्रोमाथि रुख ढल्यो

काठमाडौँ- पृथ्वीराजमार्गमा गुडिरहेको माइक्रोबसलाई रुखले किचेको छ। पृथ्वीराजमार्गको धादिङ खण्डको गजुरीको बांगेमा सडकमाथिबाट पहिरोसँगै खसेको रुखले माइक्रोबसलाई किचेको हो।

धादिङबाट काठमाडौँ आउँदै गरेको बागमती १-००६च ६२१२ नम्बरको माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

उनका अनुसार माइक्रोमा भएका १० जना यात्रुको उद्धार गरिएको छ। केही यात्रु घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घाइते मध्ये एक जनालाई भने थप उपचारका लागि काठमाडौँ पठाइएको बताइएको छ। पहिरोका कारण अहिले राजमार्ग पनि अवरुद्ध छ।

प्रकाशित: २१ साउन २०८१ ११:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 20 =