विपद् अपडेट : हालसम्म १३४ जनाको मृत्यु

हिमाल प्रेस १० साउन २०८१ २०:२० | Thursday, July 25, 2024
विपद् अपडेट : हालसम्म १३४ जनाको मृत्यु फाइल तस्बिर।

काठमाडौँ- अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी आज (बिहीबार) सम्म एक सय ३४ जनाको मृत्यु भएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ३४ जनाको मृत्यु भएको हो।

बाढीपहिरोमा परी काठमाडौँ उपत्यकामा नौँ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा नौ जना, बागमती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा ३५ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा एक सय ४८ जना घाइते भएका प्रवक्ता कार्कीले बताए।

बाढीपहिरामा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा एक जना, लुम्बिनी प्रदेशमा एक जना र कर्णाली प्रदेशमा एक जना गरी सात जना बेपत्ता भएका छन्। बेपत्ता भएकाको खोजी कार्य जारी रहेको उनले बताए।

बाढीको कारण जम्मा एक सय ८४ घर डुबानमा परेका छन्। दुई सय ३७ वटा घर, ८६ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ। बाढीपहिराकै कारण ६ सय तीन वटा पशुचौपाया मरेका छन्। उक्त अवधिमा विपद्का घटनाबाट चार हजार ३० घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए।

प्रकाशित: १० साउन २०८१ २०:२० | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast