केपी ओली
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते बस्ने संसद् बैठकमार्फत देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्।
ओलीले संसद्मार्फत् देशबासीलाई साउन ६ गते बस्ने संसद् बैठकमा सम्बोधन गर्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
ओली आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए भने सोमबार पद तथा गोपनीयताको शपथ गरेका थिए। सोमबार बेलका नै उनले मन्त्रिपरिषद् बैठक राखिसकेका छन्। उनले मन्त्रीहरूलाई नतिजामुखी काम गर्न निर्देशन दिएका छन्।
प्रकाशित: १ साउन २०८१ ८:३४ | Tuesday, July 16, 2024
प्रतिक्रिया



