कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु

हिमाल प्रेस १२ असार २०८१ १३:५५ | Wednesday, June 26, 2024
कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ- कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

जोशीपुर गाउँपालिका–३, भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका–१८, एफ गाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङ लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक कविन्दसिंह बोहराले जानकारी दिए।

उनका अनुसार डगौराको खेतमा आलि बनाउने क्रममा चट्याङ लागेर घाइते भएका थिए। डगौराको उपचारका क्रममा महापार्वती क्लिनिकमा मृत्यु भएको हो।

यस्तै, चौधरी भने खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर घाइते भएका थिए। चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहराले बताए।

यसैगरी, चट्याङ लागेर जानकी गाउँपालिका–४ बेलपुरका २९ वर्षीया रीता कठरिया, सोही ठाउँकी २३ वर्षीया सुष्मा डगौरा, भजनी नगरपालिका–६ का ५५ वर्षीय रामबहादुर चौधरी, घोडाघोडी नगरपालिका–९, बुदेनीकी ९ वर्षीया सरस्वती भुल र सोही ठाउँकफ ७ वर्षीया पारु कठायत तथा १० वर्षीया खिमा कठायत घाइते भएका छन्।

प्रकाशित: १२ असार २०८१ १३:५५ | Wednesday, June 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast