घोडाघोडीमा भेटियो रामसार सूचीमा सूचीकृत नयाँ प्रजातिको चरा

हिमाल प्रेस १७ जेठ २०८१ ७:११
4
SHARES
घोडाघोडीमा भेटियो रामसार सूचीमा सूचीकृत नयाँ प्रजातिको चरा

सुर्खेत- विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ।

घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुसन्धान गरिएको थियो। सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ।

घोडाघोडीको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको पन्छी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डगौराले जानकारी दिए।

उनका अनुसार यो प्रजातिको चरा भारत र बंगलादेशबाट गर्मी याममा नेपाल आउने गर्छन्। यो नयाँ प्रजाति थपिएसँगै घोडाघोडी आरक्षमा चराको संख्या तीन सय ८१ पुगेको छ।

गर्मी याममा बसाइँ सर्ने चराको प्रजाति, संख्या र अवस्था पत्ता लगाउने उद्देश्यका साथ डिभिजन वन कार्यालयको आयोजना र नेपाल पन्छी संरक्षण संघको समन्वयमा चरा गणना गरिएको हो।

प्रकाशित: १७ जेठ २०८१ ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast