राप्रपाले भन्यो : संसदीय समिति बन्नु पर्छ, गृहमन्त्रीले बोल्न पनि पाउनुपर्छ

हिमाल प्रेस ४ जेठ २०८१ १५:५४ | Friday, May 17, 2024
राप्रपाले भन्यो : संसदीय समिति बन्नु पर्छ, गृहमन्त्रीले बोल्न पनि पाउनुपर्छ फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिइनुपर्ने बताएको छ। बिहीबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बोलाएको बैठकले आफूहरूले गृहमन्त्रीलाई बोल्न दिनुपर्ने माग राखेको प्रमुख सचेतक ज्ञानेन्द्र शाही जानकारी दिए।

उनले भने, ‘सरकारले वातावरण सहज बनायो भने राप्रपाको तर्फबाट हामीले गृहमन्त्रीलाई बोल्नु दिनुपर्छ भन्ने भन्नेकुरा त्यो बैठकमा राखेका छौं। गृहमन्त्रीले बोल्न पाउनुपर्छ ।’

उनले संसदीइ छानबिन समिति बनाउने अडानबाट पछि नहट्ने पनि बताए। ‘छानविन समिति बन्ने कुरामा हामी पछाडि हट्दैनौँ,’ उनले भने,’देशका समग्र सहकारीहरुका कारण आज हजारौं जनता, लाखौं जनता सडकमा अलपत्र छन्। कसैले साग बेचेर, कसैले मकै पोलेर, कसैले बिहान, बेलुका आफ्नो रोजीरोटी नै खोसेर जम्मा गरेको गरिवको पैसा खाएर आज करोडपति, अर्बपति बनेर, कोही भ्रष्टाचार गरेर देशभित्र बस्ने, कोही देश छोडेर भाग्ने र राज्य व्यवस्था कमजोर बन्ने कानुन पनि दुई प्रकारको बनाउने बन्ने नीतिबाट हामी पछाडि नहट्ने छानविन समिति बन्ने र गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने हाम्रो माग छ।’

प्रकाशित: ४ जेठ २०८१ १५:५४ | Friday, May 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast