उपेन्द्र यादव।
काठमाडौँ- सर्वोच्च अदालतले उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले जेठ ८ गते अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने निर्णय गर्दै हालका लागि निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश गरेको हो। उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा नेपाल वैशाख २३ गते अशोक राईको नेतृत्वमा फुटेको थियो। त्यसपछि यादवले सर्वोच्चमा रिट दायर गरेका थिए।


प्रकाशित: २ जेठ २०८१ १८:२३ | Wednesday, May 15, 2024
प्रतिक्रिया



