जसपा नेपालको कार्यकारिणी समितिको बैठक बस्दै

हिमाल प्रेस १५ भदौ २०८३ १७:४६ | Monday, August 31, 2026
जसपा नेपालको कार्यकारिणी समितिको बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक मंगलबारदेखि काठमाडौँमा सुरू हुँदैछ।

बैठक केन्द्रीय कार्यालय बालकुमारीमा दुई दिनसम्म चल्नेछ।

बैठकमा पार्टीको आगामी राजनीतिक कार्यदिशकासहित संगठनात्मक विषयलाई मुख्य प्राथमिकतामा राखेर छलफल हुने बताइएको छ।

जसपा नेपालका केन्द्रीय महासचिव डा.सुरेन्द्रकुमार झाले बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुनुका साथै पार्टी संगठनलाई प्रदेशदेखि स्थानीय तहसम्म समायोजन गर्ने विषयमा निर्णय गर्न प्रस्ताव पेस हुने बताएका छन्।

बैठकका लागि प्रदेश, जिल्ला र स्थानीय तहका पार्टी संरचनाको समायोजन तथा भ्रातृ संगठनको समायोजनसम्बन्धी प्रस्ताव पनि एजेन्डामा राखिएको झाले जानकारी दिए।

त्यस्तै विभिन्न राजनीतिक दल तथा शक्तिहरुबीचको सहकार्यका लागि अघि बढाइएको अग्रगामी मोर्चा सम्बन्धमा पनि कार्यकारिणी समितिमा छलफल हुने बताइएको छ। पार्टीको संसदीय बोर्ड गठन तथा कार्यकारिणी सदस्यहरुको कार्यविभाजनसम्बन्धी प्रस्तावसमेत बैठकमा प्रस्तुत हुने झाले बताए।

यसैगरी हालकैका बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत संकलन गर्ने विषयमा पनि बैठकमा छलफल गर्ने एजेन्डा तय गरिएको छ।

जसपा नेपालले बैठकमार्फत पार्टीको राजनीतिक तथा संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउने र आगामी राजनीतिक गतिविधिका लागि आवश्यक निर्णय लिने तयारी गरेको छ।

बैठकमा प्रस्तुत हुने प्रस्तावमाथि छलफल आवश्यक निर्णय गरिने जसपा नेपालले जनाएको छ।

प्रकाशित: १५ भदौ २०८३ १७:४६ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast