कपिलवस्तु एमाले अध्यक्षमा खनाल विजयी

हिमाल प्रेस २९ वैशाख २०८१ ७:४८ | Saturday, May 11, 2024
कपिलवस्तु एमाले अध्यक्षमा खनाल विजयी

काठमाडौँ- नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल विजयी भएका छन्।

पार्टीको १०औँ जिल्ला अधिवेशनबाट बहालवाला अध्यक्ष डम्मर शर्मालाई २४ मतान्तरले पराजित गर्दै खनाल अध्यक्षमा निर्वाचित भएका हुन्।

खनालले २७८ मत ल्याउँदा उनका प्रतिस्पर्धी शर्माले २५३ मत प्राप्त गरेका छन्। खनाल अघिल्लो अधिवेशनमा शर्मासँगै पराजित भएका थिए।

उपाध्यक्षमा भेषराज पाण्डेलाई पराजित गरी शंकर पाण्डे विजयी भएका छन्। शंकरले ३१२ मत ल्याउँदा भेषराजले २०१ मत प्राप्त गरेका छन्।

प्रकाशित: २९ वैशाख २०८१ ७:४८ | Saturday, May 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast