फुटेको जसपाले अहिलेकै गठबन्धनलाई समर्थन गर्ने

हिमाल प्रेस २३ वैशाख २०८१ १८:५३
98
SHARES
फुटेको जसपाले अहिलेकै गठबन्धनलाई समर्थन गर्ने

काठमाडौँ- दल दर्ताका लागि निवेदन दिएको जनता समाजवादी पार्टीको अशोक राई र राजेन्द्र श्रेष्ठको समूहले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ।

नेता श्रेष्ठले तत्काल वर्तमान सरकार नछाड्ने जानकारी दिएका हुन्। दल दर्ताका लागि निवेदन दिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘हामी स्थायित्वको पक्षमा छौँ। हामी सरकारको निरन्तरताको पक्षमा छौँ।’

उपेन्द्र यादव विदेश गएका बेला जसपाको एक समूह पार्टी विभाजनका लागि निर्वाचन आयोग पुगेको हो। जसमा सातजना सांसदले हस्ताक्षर गरेका छन्।

यस्तो छ दल दर्ताका लागि अशोक राई र राजेन्द्र श्रेष्ठले आयोगमा दिएको निवेदन

फुट्यो जसपा नेपाल, अशोक राईको नेतृत्वमा नयाँ पार्टी

प्रकाशित: २३ वैशाख २०८१ १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast