शिक्षक महासंघको महाधिवेशन आजदेखि, शिक्षक संगठनले भाग नलिने

हिमाल प्रेस १० वैशाख २०८१ १०:१८ | Monday, April 22, 2024
शिक्षक महासंघको महाधिवेशन आजदेखि, शिक्षक संगठनले भाग नलिने

काठमाडौँ- नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ।

महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासंघको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक संगठनले भने भाग नलिने भएको छ।

महासंघको विधानविपरीत एक पक्षीय ढंगले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरूले राष्ट्रिय समितिको बैठकमा राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै संगठनले महाधिवेशनमा भाग नलिने घोषणा गरेको हो।

महासंघको सदस्यता नवीकरण, विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको संगठनका महासचिव हंशबहादुर शाहीले आरोप लगाए।

महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने विभिन्न चरणमा वार्ता र संवाद गर्दा पनि संगठन आफूसमेत सहभागी बैठकका निर्णयबाट पछि हटेको जिकिर गरे।

प्रकाशित: १० वैशाख २०८१ १०:१८ | Monday, April 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast