एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बस्दै

हिमाल प्रेस ८ वैशाख २०८१ ६:४२ | Saturday, April 20, 2024
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बस्दै

काठमाडौँ- नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक शनिबार सुरु हुँदैछ।

ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आइतबारसम्म चल्ने बैठकमा दुई हजार ७३ महाधिवेशन परिषद् सदस्यसहित दुई हजार ४५४ जना सहभागी हुनेछन्।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

मिसन ग्रासरुट, झुलाघाट चिवाभञ्याङ संकल्प यात्राको समीक्षा गर्दै त्यसका आधारमा पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्ने बताइएको छ। परिषद् बैठकमा यसअघि गरिएको पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजनको पनि समीक्षा गरिनेछ।

एमाललेले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा पार्टीले हीरक महोत्सव मनाउने भएको छ। वैशाख १० गते सभाहलमा नै एक विशेष समारोहको आयोजना गर्ने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।

महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत राजनीतिक दलका प्रमुख नेता सहभागी हुनेछन्।

प्रकाशित: ८ वैशाख २०८१ ६:४२ | Saturday, April 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast