मन्त्रिपरिषद्को निर्णय : अधिकारी र शर्मा सचिवमा बढुवा

हिमाल प्रेस ६ वैशाख २०८१ १९:३० | Thursday, April 18, 2024
मन्त्रिपरिषद्को निर्णय : अधिकारी र शर्मा सचिवमा बढुवा फाइल तस्बिर

काठमाडौँ- आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच वटा निर्णयहरू गरेको छ। सिंहदरबारमा बसेको बैठकले लेखापरीक्षण सेवातर्फको सचिवमा बैकुण्ठबहादुर अधिकारी र नेपाल प्रशासन सेवातर्फको सचिवमा केदारनाथ शर्मा बढुवा गर्ने निर्णय गरेको छ।

यस्तै बागमती प्रदेशको प्रमुख सचिवमा सहसचिव गोविन्दबहादुर कार्कीलाई कायम मुकायम तोकेर कामकाजमा खटाउने, स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने र राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा मुरारी प्रसाद खरेललाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ।

प्रकाशित: ६ वैशाख २०८१ १९:३० | Thursday, April 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast