सदस्य संख्या र शुल्क पठाउन यी जिल्ला समितिलाई शिक्षक महासंघको निर्देशन

हिमाल प्रेस १७ चैत २०८० १५:४६ | Saturday, March 30, 2024
सदस्य संख्या र शुल्क पठाउन यी जिल्ला समितिलाई शिक्षक महासंघको निर्देशन

काठमाडाैँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले विधान बमोजिम सदस्य संख्या र शुल्क यही चैत २२ गतेभित्र पठाउन निर्देशन दिएको छ। महासंघमा आबद्ध,सम्बद्ध संस्थाका जिल्ला समितिलाई महासंघले सो निर्देशन जारी गरेको हो।

महासंघले निर्देशन पत्रमा भनेको छ,‘जिल्लाबाट केही संस्थाहरूको सदस्य संख्या र शुल्क अझै नआएको देखिएकोले ती जिल्लाबाट विधान बमोजिमको शुल्क २०८० चैत २२ गते कार्यालय समयभित्र महासंघ राष्ट्रिय समितिको खातामा जम्मा गरी भौचरको छायाप्रति र सदस्यता विवरण पठाउनु हुन अनुरोध छ। अन्यथा सदस्यता प्राप्त भएका संस्थाहरुबाट पदसोपान भइ जाने कुरा समेत जानकारी गराइन्छ।’

त्यसैगरी महासंघले महासंघको निर्णयअनुसार आबद्ध संस्थाको केन्द्रीय समितिमामार्फत पेस भएको विगतको जिल्लागत सदस्यता संख्याअनुसार तोकिएका जिल्लामा आबद्ध संस्थाहरूको तपसिल बमोजिम संस्थागत कम तोकिएकोले सो अनुसार पद सोपान गर्नु गराउनु हुन अनुरोध गरेको छ।

पाँचौं पछिका सबै संस्थाहरूले विधान बमोजिम पाउने पद समान रहेकोले जिल्लामा अस्तित्वमा रहेका सबै संस्थाहरूलाई समितिमा सहभागी गराउन पनि महासंघले अनुरोध गरेको छ।

महासंघको सदस्यता सम्बन्धमा विभिन्न समयमा जिज्ञासालाई दृष्टिगत गरी महासंघको विधान बमोजिम् सङ्घीय सरकारबाट स्वीकृत दरबन्दी र कोटा (सङ्घीय अनुदान) मा रहेका सबै शिक्षक तथा कर्मचारी आबद्ध संस्थामार्फत महासंघको सदस्य रहन सक्ने व्यहोरा जानकारी गराउँदै महासंघले महाधिवेशन प्रयोजनका लागि सदस्यता प्रमाणीकरण भएका पालिका तथा जिल्ला एवं आबद्ध संस्थाको केन्द्रीय, राष्ट्रिय, सङ्घीय समितिमार्फत केन्द्रमा पेस भएको जिल्लागत सदस्यता संख्या र विवरण भने परिवर्तन नहुने स्पष्ट पारेको छ।

प्रकाशित: १७ चैत २०८० १५:४६ | Saturday, March 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast