देश समृद्ध बनाउन समाजवादमा पुग्नुपर्छ : झलनाथ खनाल

हिमाल प्रेस ११ चैत २०८० १९:५० | Sunday, March 24, 2024
देश समृद्ध बनाउन समाजवादमा पुग्नुपर्छ : झलनाथ खनाल फाइल तस्बिर

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादमा पुगेर मात्र देशलाई समृद्ध बनाउन सकिने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिचन्द्र क्याम्पस कमिटीले आज (आइतबार) आयोजना गरेको ‘बृहद् होली मिलन कार्यक्रम’मा उनले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताएका हुन्।

समाजवादको भविष्यमा पुगेर मात्रै देशलाई समृद्ध मुलुकका रुपमा रुपान्तरण गर्न सकिने उनको भनाइ थियो।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता खनालले सुखी नेपाली, समृद्ध मुलुकको सपना समाजवादबाट मात्र पूरा हुन सक्ने बताए। देशका युवा साम्राज्यवादी, प्रभुत्ववादी र हस्तक्षेपकारी शक्तिका विरुद्ध एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित: ११ चैत २०८० १९:५० | Sunday, March 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast