‘नयाँ पार्टी खोल्न लागेको भन्दै मेराविरूद्ध कुप्रचार गरियो’

हिमाल प्रेस १५ असार २०८३ १६:०९ | Monday, June 29, 2026
12
SHARES
‘नयाँ पार्टी खोल्न लागेको भन्दै मेराविरूद्ध कुप्रचार गरियो’

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी विभाजन गरेर नयाँ पार्टी खोल्न लागेको भन्दै आफूविरुद्ध कुप्रचार भएको बताएका छन्।

सोमबार काठमाडौँमा आफूले लेखेको ‘वैज्ञानिक समाजवाद की बहुदलीय जनवाद’ पुस्तक विमोचन कार्यक्रममा खनालले नेकपा विभाजन गरेर नयाँ पार्टी खोल्ने प्रयत्न गरेको भन्दै केही मान्छेले आफूविरुद्ध कुप्रचार गरेको बताएका हुन्।

उनले कुप्रचारको खेल कसैलाई पनि नखेल्न सुझाव दिए। आफू एउटा गुट पनि नबनाएको मान्छे भएको भन्दै खनालले वैज्ञानिक समाजवादको विचार समूह निर्माणलाई पार्टी विभाजनको रुपमा नबुझ्न आग्रह समेत गरे। वैज्ञानिक समाजवादको विचार समूह निर्माण पार्टी विभाजनका लागि नभई नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने अभियान भएको उनको भनाइ छ।

खनालले अहिले कम्युनिस्ट आन्दोलनमा खडेरी लागेकाले विचार, नीति, सिद्धान्तमा बहस गरेर पुनः बलियो आन्दोलनको रुपमा ल्याएरै छाड्ने उद्घोष गरे। उनले दुई कार्यकाल उमेर हद बिना कुनै पनि कम्युनिस्ट पार्टी चल्नै नसक्ने तर्क गरे।

कम्युनिस्ट पार्टीलाई एकीकृत र विकसित नगरीकन समाजवादी क्रान्तिलाई पूरा गर्न कठिन रहेको उनले बताए।

त्यस्तै नेकपा नेता भीम रावलले नेपालको राष्ट्रहितमा आघात पर्दा जनताको आवाजलाई संसदमा, सडकमा, कार्यक्रममा अभिव्यक्त गर्ने समाजवाद आवश्यक रहेको बताए।

उनले पार्टी नेतृत्वमा पुगेपछि विपरीत सिद्धान्त भएकाहरूसँग गठबन्धन गरेर वैज्ञानिक समाजवाद आउन नसक्ने धारणा राखे।

रावलले विश्व साम्राज्य प्रभुत्व अन्तर्राष्ट्रिय वित्तीय शोषणबाट नेपाललाई बाहिर ल्याउने खालको समाजवाद आवश्यक रहेको उल्लेख गरे।

प्रकाशित: १५ असार २०८३ १६:०९ | Monday, June 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast