तनहुँमा बस दुर्घटना हुँदा ६ चिनियाँ पर्यटक घाइते

हिमाल प्रेस १० चैत २०८० ११:४५ | Saturday, March 23, 2024
तनहुँमा बस दुर्घटना हुँदा ६ चिनियाँ पर्यटक घाइते

पोखरा- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शेराटारमा पर्यटक बस दुर्घटना हुँदा ६ जना चिनियाँ पर्यटक घाइते भएका छन्।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ प ११३९ नम्बरको बस शनिबार बिहान म्याग्दे गाउँपालिका–६ शेराटारमा एक्कासी सडकमै पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, तनहुँका सूचना अधिकारी डीएसपी मोहनबहादुर खाँणले बताए।

घाइते हुनेमा ६८ वर्षीय छुचेङ, ६७ वर्षीय काओमेङ, ५० वर्षका सुनली, ७० वर्षीय लियोया छिङ, ६२ वर्षीय वाङ वि दोङ, ५७ वर्षीय हौैछायो लि हन्।

घाइतेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारामा उपचार भइरहेको छ । बसमा २६ जना यात्रु सवार थिए।

प्रहरीले चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: १० चैत २०८० ११:४५ | Saturday, March 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast