सिंहदरबारमा ओली-दाहालबीच के कुराकानी भयो?

हिमाल प्रेस ९ चैत २०८० १५:४१ | Friday, March 22, 2024
सिंहदरबारमा ओली-दाहालबीच के कुराकानी भयो? फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो।

भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले कुराकानीका विषय नखुलाए पनि सकारात्मक छलफल भएको बताए। ‘प्रधानमन्त्रीज्यूसँग राम्रो कुराकानी भयो ’ ओलीले भने।

समाजवादी मोर्चामा सहभागी हुने कुरा के हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने–‘होइन’।

शुक्रबारै बिहान समाजवादी मोर्चाको बैठक बसेको थियो। बैठकले एमालेलाई पनि मोर्चामा सहभागी गराउन एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई दिएको थियो।

प्रकाशित: ९ चैत २०८० १५:४१ | Friday, March 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast