काठमाडौँको शान्तिनगरमा मोटरसाइकल दुर्घटना

हिमाल प्रेस ७ चैत २०८० ८:०१ | Wednesday, March 20, 2024
काठमाडौँको शान्तिनगरमा मोटरसाइकल दुर्घटना

काठमाडौँ- काठमाडौंको शान्तिनगरमा मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीसहित तीनजना घाइते भएका छन् ।

तीनकुनेबाट बानेश्वरतर्फ आउँदै गरेको मोटरसाइकले बुधबार बिहान पैदलयात्री दोलखाका ४८ वर्षीय ध्रुव शिवाकोटी र काभ्रेकी २६ वर्षीया विमला तामाङलाई ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक काभ्रेका ३२ वर्षीय देवकुमार तामाङ पनि घाइते भएका छन् ।

जेब्रा क्रसिङबाट बाटो काट्दै गरेका शिवाकोटी र तामाङलाई मोटरसाइकलले बिहान साढे ५ बजेतिर ठक्कर दिएको वानेश्वर प्रहरी वृत्तले जनाएको छ ।

घाइते तीनैजनाको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित: ७ चैत २०८० ८:०१ | Wednesday, March 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast