विद्यालयको पढाइले मात्र पठन संस्कृतिको विकास हुँदैन : ओली

हिमाल प्रेस १९ फागुन २०८० १५:१६
विद्यालयको पढाइले मात्र पठन संस्कृतिको विकास हुँदैन : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विद्यालयको पढाइले मात्रै पठन संस्कृतिको विकास नहुने बताएका छन्। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले पढन संस्कृतिको विकास गर्नका लागि हरेक नागरिक सचेत हुनुपर्नेमा बताए। खोज, अनुसन्धान, लेखन र सिर्जनशीलको विकास गर्नसके पठन संस्कृतिको विकास गर्न सकिने उनको भनाइ थियो।

अध्यक्ष ओलीले कोरोना महामारीपछि सबै राष्ट्र पुनरुत्थान भइसक्दा पनि नेपालको अर्थतन्त्र भने कोभिडका कारण कमजोर भयो भन्नुको कुनै अर्थ नभएको बताए। ‘अहिलेको अर्थतन्त्र कोरोना भाइरसले ओरालो लागेको होइन। यदि कोरोना भाइरसले अर्थतन्त्र ओरालो लाग्थ्यो भने अमेरिका, चीन भारतलगायत देशको अर्थतन्त्र ऋणात्मकमा झरेको हुने थियो’, उनले भने,‘सबै देश पुरुत्थानमा भइसके। तर हामी जहाँको त्यही छौँ।’

उनले नेपालको राजनीतिक परिस्थितिमा कुन बेला को सरकारमा हुन्छ को हुँदैन भन्ने कुरा भन्न नसक्ने अवस्था रहेको बताए।नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पुस्तकले मानिसको ज्ञान बढाउने भन्दै अहिले सामाजिक सञ्जालको कारणले पठन संस्कृति हराउँदै गएको बताए।

प्रकाशित: १९ फागुन २०८० १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast