ब्राउन सुगरसहित सुर्खेतबाट चार जना पक्राउ

हिमाल प्रेस १३ पुष २०७९ ७:०७ | Wednesday, December 28, 2022
ब्राउन सुगरसहित सुर्खेतबाट चार जना पक्राउ प्रतीकात्मक तस्बिर।

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका १८ वर्षीय मोहन रासकोटी, वडा नम्बर ७ का २३ वर्षीय सुरज गौली, १० का २४ वर्षीय सुशील चौधरी र १८ वर्षीय राजन सार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए उनीहरुलाई सोमबार बेलुका ६ बजे पक्राउ गरिएको उनले बताए।

वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बुदबुदीस्थित दिदीबहिनी कटेजमा लागुऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली त्यहाँ पुगेर आठ पुरिया ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ लागूऔषधसहित चारै जनालाई पक्राउ गरेको उनले बताए।

सूचना अधिकारी कार्कीका अनुसार पक्राउ परेका चारै व्यक्तिको थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १३ पुष २०७९ ७:०७ | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast