भेरी किनारमा ५५ वर्षीया चन्द्रकला मृत फेला

हिमाल प्रेस ३ असार २०८३ १०:४१ | Wednesday, June 17, 2026
8
SHARES
भेरी किनारमा ५५ वर्षीया चन्द्रकला मृत फेला प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- सुर्खेतको भेरी नदी किनारमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको लेकबेसी नगरपालिका –१ टोप्रेकी ५५ वर्षीया चन्द्रकला कसेरा बुधबार बिहान साढे ७ बजेतिर भेरी नदी किनारमा मृत फेला परेकी हुन्।

सुर्खेत प्रहरीका अनुसार उनी सोमबार बिहान ७ बजेतिर भान्जीको घर जान्छु भनेर घर बाट निस्किएकी थिइन्। उनी भान्जीको घर नपुगेपछि आफन्तले खोजी थालेका थिए।

खोजतलास गर्ने क्रममा लेकबेसी –१ चिप्लेस्थित भेरी नदी किनारमा उनको शव फेला परेको हो। अस्थायी प्रहरी पोष्ट लेकफर्सा बाट प्रहरी सहायक निरीक्षक विवेक खनाल नेतृत्वमा र इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक प्रकाश केसीको नेतृत्वमा प्रहरी घटना अनुसन्धानका लागि खटिएको छ।

प्रकाशित: ३ असार २०८३ १०:४१ | Wednesday, June 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast