सुर्खेत जिल्ला क्रिकेट संघको अध्यक्षमा केसी

हिमाल प्रेस २७ जेठ २०८३ १९:४० | Wednesday, June 10, 2026
8
SHARES
सुर्खेत जिल्ला क्रिकेट संघको अध्यक्षमा केसी

सुर्खेत – सुर्खेत जिल्ला क्रिकेट संघको अध्यक्षमा श्रीधर केसी सर्वसम्मत निर्वाचित भएका छन्।

बुधबार भएको पाँचौं चुनावीसभाले केसीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

कार्यसमितिको उपाध्यक्षमा रुद्रबहादुर भण्डारी, सचिवमा प्रकाश भुषाल र कोषाध्यक्षमा विदुर कटुवाल चयन भएका छन्। यस्तै सदस्यहरुमा नरेशसिंह थापा, नगेन्द्र उपाध्याय, रमेश शाही, रोशन शाही, सम्राट राई, जनकविक्रम शाही र विश्व भारती चयन भएका छन्।

यसैबीच कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रविन्द्र चन्दले प्रदेश राजधानीभित्रै आधुनिक क्रिकेट मैदान बनाउन बजेटको व्यवस्था गरिएको बताएका छन्। उनले आफू पनि क्रिकेट खेलेरै अहिलेको पदमा पुगेको बताउँदै क्रिकेट रंगशाला निर्माणका लागि स्थान छनौटको काम भइरहेको बताए।

जिल्ला क्रिकेट संघको वार्षिक साधारणसभाको उद्घाटन गर्दै सदस्य सचिव चन्दले हाल सञ्चालनमा रहेका दुईवटै रंगशाला स्थायी प्रकृतिका भएकाले स्थायी रंगशाला बनाउनका लागि स्थान छनोट भइरहेको बताए।

नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष पदमबहादुर खड्काले क्रिकेट पूर्वाधारका लागि सरकारी सहयोगको खाँचो रहेको बताए। खेलाडी उत्पादन, बनाएका भौतिक संरचनाहरुको हेरचाह र संरक्षण हामी गर्न तयार छौं,’ उनले भने, पूर्वाधारमा भने सरकारले सहयोग गर्नुपर्छ।’

उनले पछिल्लो समय क्रिकेटप्रतिको आकर्षण बढ्दै गएको बताउँदै सो अनुसार पूर्वाधार अभाव रहेको बताए।

क्यानका केन्द्रीय प्रतिनिधि विक्रम विष्टले पूर्वाधार अभावमा पनि प्रतिभाहरु प्रष्फूटन भइरहेको बताए। उनले कर्णाली प्रदेश सरकारले गौरवको योजनाको रुपमा फुटबल रंगशाला बनाएजस्तै क्रिकेटको पनि रंगशाला बनाउनुपर्ने बताए।

दुई खेलाडीलाई सम्मान

एसियन क्रिकेट काउन्सिलको आयोजनामा भएको अन्डर–१६ इष्टजोन कप क्रिकेट प्रतियोगितामा सुर्खेतबाट सहभागी दुई जना खेलाडीहरुलाई वार्षिक साधारणसभाको अवसरमा सम्मान गरिएको छ।

प्रकाशित: २७ जेठ २०८३ १९:४० | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast