रामेछाप- रामेछाप नगरपालिका–९, ल्याङल्याङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। त्यसमा सवार दुई जना घाइते भएका छन्।
दुर्घटनामा ट्र्याक्टर चालक सोही वडाका ३७ वर्षका गुणराज श्रेष्ठको मृत्यु भएको छ। रामेछाप नगरपालिका-८ का मनोज मगर र सोही वडाका चन्द्रबहादुर शाही घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होमबहादुर पराजुलीका अनुसार उक्त ट्र्याक्टर सुनकोशी नदी किनारबाट बालुवा लिएर ल्याङल्याङतर्फ आइरहेको थियो। घाइतेमध्ये चन्द्रबहादुरको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
प्रकाशित: १ फागुन २०८० १७:५२ | Tuesday, February 13, 2024
प्रतिक्रिया




