प्रावि शिक्षक : २२ जिल्लाको नतिजा सार्वजनिक

हिमाल प्रेस २७ माघ २०८० १५:३३ | Saturday, February 10, 2024
प्रावि शिक्षक : २२ जिल्लाको नतिजा सार्वजनिक

काठमाडौँ- शिक्षक सेवा आयोगले थप चारवटा जिल्लाको प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ।

आयोगले शुक्रबार सर्लाही, गुल्मी, कालिकोट र कञ्‍चनपुर जिल्लाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

आयोगले ती जिल्लासहित २२ जिल्लाको नतिजा सार्वजनिक गरिसकेको छ। जसमा मोरङ, रौतहट, बझाङ, सोलुखुम्बु, महोत्तरी, सल्यान, डडेलधुरा, धनकुटा, सप्तरी, हुम्ला, डोटी, पाँचथर, सुनसरी, सिराहा, दैलेख तेह्रथुम, ताप्लेजुङ र झापा जिल्ला छन्।

गत जेठ २० र असोज १३ गते लिइएको लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएकाे छ।

 

प्रकाशित: २७ माघ २०८० १५:३३ | Saturday, February 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast