दार्चुलामा बस दुर्घटना हुँदा १४ जना घाइते

हिमाल प्रेस ५ माघ २०८० १०:१० | Friday, January 19, 2024
दार्चुलामा बस दुर्घटना हुँदा १४ जना घाइते

दार्चुला- दार्चुलामा बस दुर्घटना भएको छ। दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको बस महाकाली नगरपालिका-५ किम्तडीस्थित फोहोर संकलन केन्द्र नजिकै दुर्घटना भएको हो।

दार्चुला सदरमुकाम खलंगा बजारबाट आज बिहान साढे ५ बजे सुदूरपश्चिम प्रदेश ०२-००१ ख १०३१ नम्बरको बस दुर्घटना हुँदा चालकसहित १४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

घाइते सबैलाई उपचारको लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको प्रहरी निरीक्षक गोविन्द भण्डारीले बताए। उनको भनाइमा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको भण्डारीले बताए।

दार्चुला बस दुर्घटना अपडेट : १५ जना घाइते

प्रकाशित: ५ माघ २०८० १०:१० | Friday, January 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast