तस्करीको दुई किलो सुनसहित तीन जना पक्राउ

हिमाल प्रेस २२ मंसिर २०८० १३:१३
8
SHARES
तस्करीको दुई किलो सुनसहित तीन जना पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- प्रहरीले तस्करीको सुनसहित ३ जनालाई पक्राउ गरेको छ। रसुवाबाट काठमाडौँ आउँदै गरेको स्कर्पियो जिपमा  चेक गर्दा त्यसमा सवार तीन जनाको साथमा भएको सुन बरामद भएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले तीन जना पक्राउ परे पनि सुन कसको भन्ने खुलेको छैन। अनुसन्धानको क्रममा उक्त सुन चिनियाँ नागरिकको भएको बुझिएको छ। प्रहरीले चिनियाँ नागरिकको खोजी सुरु गरिसकेको जनाएको छ।

गएराति मात्रै दुबईबाट आएका गोरखाका चन्द्र घलेको साथबाट त्रिभुवन विमानस्थलमा १४ किलो सुन बरामद गरिएको थियो।

 

प्रकाशित: २२ मंसिर २०८० १३:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast