त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ

हिमाल प्रेस २२ मंसिर २०८० ७:२०
24
SHARES
त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ परेका छन्। विमानस्थल भन्सार कार्यालयले बिहीबार राति १४ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिए।

बिहीबार राति ११:४० को फ्लाई दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौँ आएका चन्द्र घलेले कपडामा बेरेरे छातीमा लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको ७ थान (१४ किलो) सुन भेटिएको थियो।

उनीसँग सोधपुछ गर्दा सुन गोरखाका मीनबहादुरको रहेको बताएपछि घलेलाई पनि विमानस्थलबाट पक्राउ गरिएको भन्सार ‍प्रमुख पाण्डेले जानकारी दिए।

प्रकाशित: २२ मंसिर २०८० ७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 4 =