विमानस्थलबाट बरामद १४ किलो सुन कसको हो?

हिमाल प्रेस २२ मंसिर २०८० ७:५६
86
SHARES
विमानस्थलबाट बरामद १४ किलो सुन कसको हो? फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पटकपटक ठूलो परिमाणमा सुन बरामद हुने गरेको छ।

२०७५ मा साढे ३३ किलो र २०८० मा ६१ किलो सुन विमानस्थलबाटै बरामद भएको थियो। सो परिमाणको सुन तस्करीको अनुसन्धान किनारा नलाग्दै विमानस्थलबाट सुन तस्करी हुने गरेकाे बिहीबार रातिको घटनाले पनि पुष्टि गरेको छ।

विमानस्थल भन्सार कार्यालयले बिहीबार राति १४ किलो सुनसहित दुई जनालाई नियन्त्रणमा लियो। जसमा चन्द्र घले र गोरखाका मीनबहादुर घले छन्।

विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले १४ किलो सुन मीनबहादुरकाे रहेकाे बताए। ‘चन्द्रसँग सोधपुछ गर्दा सुन गोरखाका मीनबहादुरको रहेको पत्ता लाग्याे,’ पाण्डे भन्छन्,‘उनीहरूमाथि अनुसन्धान हुन्छ।’

चन्द्रले १४ किलो सुन विस्कुट आकारमा कपडामा बेरेर छातीमा लुकाएर विमानस्थल पार गर्न खोजेका थिए। उनी बिहीबार राति ११:४० को फ्लाई दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौँ आएका थिए।

प्रकाशित: २२ मंसिर २०८० ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =