स्थानीय तहले तत्काल तलब नदिए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

हिमाल प्रेस ६ पुष २०७९ १६:१४ | Wednesday, December 21, 2022
स्थानीय तहले तत्काल तलब नदिए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी फाइल तस्बिर।

काठमाडौँ– नेपाल शिक्षक महासंघले शिक्षक/कर्मचारीको तलब स्थानीय तहले निकासा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ। महासंघले हरेक महिना निकासा हुनुपर्ने शिक्षक र कर्मचारीको तलब स्थानीय तहले समयमा निकासा नगरेको भन्दै सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो।

विभिन्न पालिकहरूले नगर तथा गाउँ परिषद् नभएको भन्दै गत साउनदेखि शिक्षक कर्मचारीको तलब निकासा गरेका छैनन्। सोही विषयलाई लिएर  शिक्षक/कर्मचारी आन्दोलित भएको विषयप्रति महासंघले ध्यानाकर्षण भएको जनाएको छ।

‘विद्यालय शिक्षालाई संविधानको अनुसूची ८ (पालिकाको एकल अधिकार) मा राख्ने प्रबन्ध बेठीक छ भनी शिक्षकका पेसागत संस्थाहरूबाट निरन्तर उठाइएको मुद्दाको औचित्य थप पुष्टि गरेको छ,’ महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ।

रोकिएको तलबभत्ता अविलम्ब प्राप्त हुने व्यवस्था गर्न तथा आगामी दिनमा यस्तो अवस्था दोहोरिन नदिन आवश्यक कानुनी एवम् नीतिगत प्रबन्ध मिलाउनुपर्ने महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ६ पुष २०७९ १६:१४ | Wednesday, December 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast