इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

हिमाल प्रेस १३ मंसिर २०८० १७:५२ | Wednesday, November 29, 2023
इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौँ– अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले आयोजना गरेको ‘इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेस्ट फर योङ पुलिस लिडर’प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ। अस्ट्रियाको भियनामा जारी इन्टरपोलको ९१ औं महासभाको पहिलो दिन भएको प्रतियोगितामा नेपाल सर्वोत्कृष्ठ भएको हो। प्रतियोगितामा १९५ राष्ट्रका प्रहरी सहभागी थिए।

नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठद्वारा निर्माण गरिएको  ‘हाम्रो ग्रृह बचाऔं इन्टरपोल १००’ विषयक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट घोषणा भएको हो।

भिडियोमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, आर्टिफिसियल इन्टिलिजेन्सका कारण भविष्यमा हुनसक्ने समस्याहरू समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न यूएनको मुख्य साझेदारको रूपमा रहेको इन्टरपोलको अहम भूमिका हुने विषय समेटिएको छ। सो अवसरमा इन्टरपोलका अध्यक्ष डा अहमद नासर अल-राइसीले प्रमाणपत्र हस्तान्तरण गरे।

इन्टरपोल स्थापनाको १०० वर्षलाई विशेष उत्सवको रूपमा मनाउन इन्टरपोल इनोभेसन सेन्टरले उक्त भिडियो प्रतियोगितामा सहभागी हुन सम्पूर्ण १९५ सदस्य राष्ट्रहरुलाई आह्वान गरिएको थियो। उक्त महासभामा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहितको नेपाली प्रतिनिधि मण्डल सहभागी रहेको छ।

कुँवर नेतृत्वको टोली मंसिर १० गते अस्ट्रिया गएको हो।

इन्टरपोलको महासभामा भाग लिन आईजीपी कुँवर अस्ट्रिया प्रस्थान

प्रकाशित: १३ मंसिर २०८० १७:५२ | Wednesday, November 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast