आज कृष्ण अष्टमी, यस्तो छ तपाईँको राशिफल

हिमाल प्रेस १९ भदौ २०८३ ५:३५ | Friday, September 4, 2026
आज कृष्ण अष्टमी, यस्तो छ तपाईँको राशिफल

आज मिति भदौ १९ गते शुक्रबार कृष्ण अष्टमी । तदअनुसार सेप्टेम्बर ४ तारिख । यो राशिफल ज्यो.जगदीश सुवेदीले तयार गरेका हुन्।

सुरुमा मेष राशि

टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। साथीभाईसँग मन प्रसन्न रहनेछ।

वृष

व्यापारमा प्रशस्त फाइदा हुने योग रहेको छ। दाम, नाम, इनाम हात पर्ने बेला छ। श्रमको उचित मूल्यांंकन हुनेछ।

मिथुन

स्वास्थ्यमा सुधार आउनेछ। धन लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ।

कर्कट

रोकिएका अधुरा कामहरु सुचारु हुनेछन्। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। लामो समयपछि साथीभाईसँग भेट हुँदा मन प्रसन्न रहनेछ।

सिंह

समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ। स्वास्थ्यमा सुधार आउनेछ। धार्मिक काममा व्यस्त रहनुपर्नेछ। रमाइलोमा समय बित्नेछ।

कन्या

सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ।

तुला

सोचेको आटेको कामहरु बन्नेछन्। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा बदलिने छ।

वृश्चिक

सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ। परिवारको सहयोग मिल्नेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ।

धनु

नयाँ काम गर्ने अवसर मिल्नेछ। सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ। जागिरमा पदोन्नति हुनेछ। राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ।

मकर

परोपकारी काममा रुची बढ्नेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाईसँग रमाइलोमा समय बित्नेछ।

कुम्भ

सहयोगीहरूले काममा साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ।

मीन

साथीभाईसँग भेट हुँदा मन प्रसन्न रहनेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। प्रशस्त धन लाभ हुनेछ। प्रेममा फाटो आउनेछ।

प्रकाशित: १९ भदौ २०८३ ५:३५ | Friday, September 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast