राशिफलबाट थाहा पाउनुहोस् आज तपाईँको दिन

हिमाल प्रेस २३ असोज २०८३ ५:३१ | Friday, October 9, 2026
राशिफलबाट थाहा पाउनुहोस् आज तपाईँको दिन

आज मिति असोज २३ गते शुक्रबार । नेपाल संवत् ११४६ ञंलागा चतुर्दशी । असोज कृष्ण चतुर्दशी तिथि । ब्रह्म · विष्टिरभद्रा · उत्तरफल्गुनी। तदअनुसार अक्टोबर ९ तारिख । आज माता पाथीभरादेवीको दर्शन गर्ने उपयुक्त दिन पनि हो । यस दिनमा तपाईँको राशिफल यस्तो छ

सुरुमा मेष राशि

काममा परिवारको सहयोग प्राप्त हुनेछ। सामाजिक मानसम्मान र प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ।

वृष

आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ। अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ। काममा सजिलै सफलता मिल्नेछ।

मिथुन

आफन्तको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ। प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।

कर्कट

स्वास्थ्यमा सुधार आउनेछ। भेटघाटमा समय बित्नेछ। विश्वास गरेकाले साथ दिनेछन्। रोकिएका कामहरु सुचारु हुनेछन्।

सिंह

श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ। पढाइलेखाईमा प्रगति हुनेछ। आयआर्जन बढ्ने समय छ।

कन्या

सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ।

तुला

समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ।

वृश्चिक

साथीभाईको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन्। व्यावसायिक काममा खर्च बढ्नेछ। हिम्मतले काम लिन सकिनेछ।

धनु

पढाई लेखाइमा प्रगति हुनेछ। आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।

मकर

काममा विभिन्न अवसर पाइनेछ। समयमा सहि निर्णय लिन सक्ने क्षमताले अगाडि बढ्न मद्दत पुग्नेछ। अरुले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्।

कुम्भ

रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ।

मीन

व्यापारमा फाइदा हुने योग रहेकोछ। परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।

प्रकाशित: २३ असोज २०८३ ५:३१ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast