नयाँदिल्लीमा अर्थमन्त्री वाग्लेको कूटनीतिक संवाद

हिमाल प्रेस २ असोज २०८३ १७:४९ | Friday, September 18, 2026
नयाँदिल्लीमा अर्थमन्त्री वाग्लेको कूटनीतिक संवाद नयाँदिल्लीमा शुक्रबार उच्चस्तरीय कूटनीतिक संवादमा सहभागी डा. स्वर्णिम वाग्ले। तस्बिर : वाग्लेको सचिवालय

काठमाडौँ- भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन शुक्रबार नयाँदिल्लीमा उच्चस्तरीय कूटनीतिक संवाद गरेका छन्।

नयाँदिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी)मा आयोजित कूटनीतिक गोलमेच (डिप्लोमेटिक राउन्डटेबल) कार्यक्रममा अर्थमन्त्री वाग्लेले सम्बोधन गरेका हुन्।

कार्यक्रममा भारतका पूर्वविदेश सचिव तथा नेपालका लागि पूर्वराजदूत श्याम शरण, भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता एवं राज्य सभा सदस्य जयराम रमेश, पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्व विदेश सचिव शिवशंकर मेनन, पूर्वउपराष्ट्रिय सुरक्षा सल्लाहकार तथा कूटनीतिज्ञ पंकज शरण सहभागी थिए।

त्यस्तै, अर्थशास्त्री तथा जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)का एमेरिटस प्रोफेसर एवं दिल्ली विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. दीपक नायर, इन्डिया ट्रेड प्रमोसन अर्गनाइजेसन (आईटीपीओ) का अध्यक्ष जावेद अशरफ, नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित राय र भारतीय जनता पार्टी (भाजपा) को विदेश मामिला विभागका प्रमुख डा. विजय चौथाइवाले पनि कार्यक्रममा सहभागी थिए।

दक्षिण एसियाली भूराजनीति तथा कनेक्टिभिटी अध्येता डा. कन्स्ट्यान्टिनो जेभियर, भारतीय विदेश मन्त्रालयका निर्देशक मनुस्मृति, द हिन्दूकी कूटनीतिक मामिला सम्पादक सुहासिनी हैदरलगायत नेपाली प्रतिनिधिमण्डलका सदस्यहरू पनि संवादमा सहभागी थिए।

अर्थमन्त्री वाग्ले भारतको औपचारिक भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटघाट तथा कार्यक्रममा सहभागी भइरहेको उनको सचिवालयले जनाएको छ।

प्रकाशित: २ असोज २०८३ १७:४९ | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast