बजेट र मबारे संगठित रूपमा अफवाह फैलाइयो : अर्थमन्त्री

हिमाल प्रेस २७ जेठ २०८३ १२:०५ | Wednesday, June 10, 2026
20
SHARES
बजेट र मबारे संगठित रूपमा अफवाह फैलाइयो : अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताएका छन्। बजेट र आफूबारे संगठित रूपमा अफवाह फैलाइएको उनले बताए।

प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको अनुमान (बजेट) का मुख्यमुख्य व्यवस्थाका सम्बन्धमा जवाफ दिँदै उनले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ १४ गते बीवाईडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट पारेका हुन्।

मन्त्री वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको जिकिर गर्दै बजेट वक्तव्यमा समावेश भएका एकाध बुँदा आर्थिक विधेयकमा छुटेकाले संशोधन गरिएको बताए। प्रधानमन्त्री र अर्थमन्त्रीलाई विवादित बनाउने गलत मनसायले तथ्य र प्रमाणबिना अनावश्यक चर्चा गराइएको उनको भनाइ थियो।

‘देखिएका त्रुटि सच्याएर सार्वभौम सांसदको हातमा विधेयक पारेपछि कुनै परिवर्तन गरिएको छैन। प्रतिनिधिसभा अवरोध गरेर बजेट र मबारे संगठित रूपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो,’ अर्थमन्त्री वाग्लेले भने,‘सुशासनका लागि निर्मम रूपमा अघि बढेको सरकारविरुद्ध यस्ता हिलो छ्यापेर छवि धुमिल्याउन सकिन्छ भनेर गरिएका प्रहारको भ्रममा सांसदहरू पर्नु हुँदैन।’

प्रकाशित: २७ जेठ २०८३ १२:०५ | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast