बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्रीको आग्रह

हिमाल प्रेस २९ असोज २०८३ १४:२३ | Thursday, October 15, 2026
बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीपछिको पुनरुत्थान, जलवायु परिवर्तनका असर सामना गर्न सक्ने पूर्वाधारको पुनर्निर्माण र नेपालको दीर्घकालीन आर्थिक प्राथमिकता कार्यान्वयनका लागि सहयोग गर्न एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन्।

थाइल्यान्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन पुगेका अर्थमन्त्री वाग्लेले बिहीबार एडीबीका अध्यक्ष मासातो कान्दासँग भेटवार्ता गरेका हुन्।

भेटमा मन्त्री वाग्लेले विपद्पछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणका लागि आवश्यक स्रोत परिचालन गर्न बैंकका अध्यक्ष कान्दासँग आग्रह गरे। उनले नेपालको दीर्घकालीन आर्थिक प्राथमिकता अघि बढाउन पनि एडिबीको सहयोग आवश्यक रहेको बताए।

विनाशकारी बाढीपछि उद्धार कार्यमा सहयोग पुर्‍याउन आपत्कालीन अनुदान शीघ्र स्वीकृत गरेको र ऐक्यबद्धता जनाएकोमा मन्त्री वाग्लेले एडिबीप्रति नेपालको तर्फबाट कृतज्ञता व्यक्त गरे। भेटमा एडिबीका अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य गर्नु बैंकको उच्च प्राथमिकतामा रहेको बताए। भेटवार्तामा अर्थसचिव डा. घनश्याम उपाध्याय र अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी थिए।

प्रकाशित: २९ असोज २०८३ १४:२३ | Thursday, October 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast