प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो

हिमाल प्रेस १२ साउन २०८३ २०:४९ | Tuesday, July 28, 2026
20
SHARES
प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)

काठमाडौँ- भारतले प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणका लागि निम्तो पठाएको छ।

भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री शाहलाई भ्रमणको निम्तो पठाएको जनाएको हो।

विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जयसवालले मंगलबार नियमित पत्रकार सम्मलेनमा प्रधानन्त्री शाहलाई भारत भ्रमणको निम्तो पठाइएको जानकारी दिएका छन्।

सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा जयसवालले यस्तो बताएका हुन्।

प्रवक्ता जयसवालले प्रधानमन्त्री शाहको सचिवालय सदस्यको भारत भ्रमणबारे आफूलाई जानकारी नरहेको बताए।

पत्रकारहरूको प्रश्नको जवाफमा जयसवालले भने,‘नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता पठाइएकोे छ। उताबाट कुनै दूत आएकोबारे मलाई सूचना छैन।’

फागुन २१ को चुनावपछि प्रधानमन्त्री बनेका शाह हालसम्म छिमेकी मुलुकहरूको भ्रमण गरेका छैन। उनका पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमण गरिसकेका छन्। उनको अब चीन भ्रमण जाने तयारी भइरहेको छ।

प्रकाशित: १२ साउन २०८३ २०:४९ | Tuesday, July 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast