प्रधानमन्त्री स्वदेश फिर्ता (तस्बिरहरू)

हिमाल प्रेस १० असोज २०८३ १६:५२ | Saturday, September 26, 2026
प्रधानमन्त्री स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा भाग लिएर स्वेदश फर्किएका छन्।

उनी शनिबार अपराह्न काठमाडौँ फर्किएका हुन्।

प्रधानमन्त्री शाह शुक्रबार साँझ न्ययोर्कबाट कतार एयरलाइन्सको जहाजमा दोहा हुँदै काठमाडौँका लागि प्रस्थान गरेका थिए।

न्ययोर्कस्थित जोन अफ केनेडी विमानस्थलमा प्रधानमन्त्री शाहलाई संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायतका पदाधिकारीहरूले बिदाइ गरेका थिए।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा शुक्रबार (असोज ९ गते) बिहान सम्बोधन गरेका थिए। महासभामा भाग लिन उनी मंगलबार न्युयोर्क प्रस्थान गरेका थिए।

न्युयोर्कमा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बेनिजसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

प्रकाशित: १० असोज २०८३ १६:५२ | Saturday, September 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast