काठमाडौँ- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा शुक्रबार बिहान प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको बाढी, जलवायु संकट र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई विश्व समुदायसामु प्रस्तुत गरे।
हिमालयबाट आएको जलवायु संकटको चेतावनीलाई अब सुन्ने मात्र नभई त्यसअनुसार तत्काल काम गर्नुपर्नेमा जोड दिँदै उनले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रस्तावसमेत गरे।
प्रधानमन्त्री शाहले बाढीबाट भएको जनधनको क्षति, जलवायु न्यायको मागदेखि हिमालय संरक्षण र विश्वव्यापी सहकार्यको आह्वान गरे।
तस्बिरहरू







प्रकाशित: ९ असोज २०८३ ८:०२ | Friday, September 25, 2026
प्रतिक्रिया



